गोविन्दराज जोशीका छोरा दीपकराजले व्यास नगर प्रमुखमा उम्मेदवारी दिने

9.1k Shares


काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीको भनाई छछ । उनले भने, ‘व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले आधिकारिक उम्मेदवार बनाए पार्टीबाटै उठ्छु, कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु ।’

१९९७ मा अध्ययनका लागि अमेरिका गएका उनी १७ वर्ष त्यहाँ बसेर फर्किएका हुन् । टेलिकम्युनिकेशन इन्जिनियर जोशीले काठमाडौंमा एक निजी कलेजमा आवद्ध छन् । जनताको समस्या र त्यसको समाधान गर्ने भिजन भएकाले नै मेयरमा उम्मेदवार बन्न लागेको उनले बताएका छन् ।  

कांग्रेसलाई थोत्रो पसलको संज्ञा दिंदै उनले त्यसलाई सुधार्न चाहेको बताएका छन् । ‘मलाई पार्टीले नै उम्मेदवार बनाओस् भन्ने चाहना हो ‘नचलेको पसल लिएर सुधार्न खोजेको हुँ । कांग्रेसले उम्मेदवार नबनाए पनि म पछि हट्दिनँ’ जोशीले भने । 

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । पौडेलका कारण कांग्रेसप्रति वितृष्णा जागेका कार्यकर्तालाई आफूतिर तान्न सकिने उनको आकलन छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार