काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा नभएको बेलामा पनि राष्ट्रिय सभालाई भूमिकासहित चलाउनुपर्ने व्यवस्था गरिनुपर्ने बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले बिगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रिय सभाबाट पनि बजेट पारित गर्नुपर्ने व्यवस्था गर्नुपर्ने तर्क गरेका छन् ।
२०७५ सालदेखि विधेयकहरू प्रतिनिधि सभामा थन्किएको भन्दै यसले गर्दा कानुन निर्माण हुन नसकेको उनको भनाइ थियो । अध्यक्ष तिमिल्सिनाले यो प्रतिनिधि सभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रिय सभाले मेहनत साथ पारित गरेर पठाएका विधेयकहरू शून्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
‘