बैशाख ३० गते एमालेले देशबाट पाँच दललाई एउटै कुचाले बढार्छ : ओली

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षमा आफू नेतृवको सरकारको कामलाई देखेर दुनियाँ अचम्मित परेको बताएका छन्। 

इलामको  फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले समय खेर फाल्ने पार्टी नभएको बताएका हुन्। उनले भने, ‘हामीले तीन वर्षमा विकास गर्न सकिने रहेछ भन्ने दखाएका छौँ। कोभिड –१९ मा जनताको जिउधनको रक्षा गरेको विषयलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ। तीन वर्षको यति छोटो समयमा यति धेरै काम गरेको देखेर दुनियाँ चकित परेको छ ।’

एमालेको सफलता देखेर केही शक्तिहरु षड्यन्त्रमा लागेको ओलीको भनाइ छ।  एमालेले लगाइदिएको सांसद र मन्त्रीको फुली बोकेर केही नेताहरु हिँडेको भन्दै ओलीले आक्रोश समेत व्यक्त गरे। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई लक्षित गर्दै उनले एमालेले लगाएको जुँगामा ताउ लगाएर बसेकाले जथाभावी बोल्न नहुने बताएका हुन्। 

ओलीले एमालेलाई षड्यन्त्र गरेर चुनावमा जित्न नदिने नेताहरुले अभिव्यक्ति दिइरहेको भन्दै आक्रोश पोखेका छन्। उनले पाँच दललाई एउटै कुचोले बढार्ने चेतावनी समेत दिएका छन्। 

उनले भने, अहिले अर्कोथरी शक्तिहरु एमालेलाई बहुमत ल्याउनबाट रोक्न भनेर लागेका छन्। एमालेका कार्यकर्ता सचेत भइसकेका छन्। एमालेलाई अलिकति टोकी हेर्न नसोचे हुन्छ। बैशाख ३० गते एमालेले देशबाट पाँच दललाई एउटै कुचाले बढार्नेछ । ’

ताजा अपडेट
सम्बन्धित समाचार