काठमाडौँ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति धरातलमा वितृष्णा रहेको बताएका छन्।
केही ठाउँहरूमा पुगेर केही मानिस पार्टी प्रवेश गराएर आनन्दको अनुभूति लिए पनि धरातलमा एमाले र ओलीप्रति वितृष्णा रहेको दाबी नेपालको थियो।
पार्टीमा युवाहरूलाई प्रवेश गराउने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आज भने ‘केही ठाउँहरूमा केही मानिसलाई प्रवेश गराएँ भनेर आनन्दको अनुभूति लिने एउटा कुरा भयो तर धरातलमा त्यस्तो स्थिति छैन, धरातलमा केपी ओलीप्रति वितृष्णा बढिरहेको छ, एमालेप्रति भ्रम टुटेको छ।’
उनले एमालेबाट केन्द्रीय तथा जिल्ला तहका नेताहरू आफूहरूको पार्टीमा प्रवेश गरिरहेको पनि बताएका थिए। केही जिल्लाबाट त्यहाँका नेताहरूले पार्टी एक्लै पनि चुनावमा जान सक्ने बताइरहे पनि सहकार्य गर्न चाहनेलाई सँगै लिएर जाने उनले बताए।