विराटनगरमा माओवादी नेताहरुबिच टाउको फोराफोर,जिल्ला उपाध्यक्ष यादव घाईते

13.7k Shares
सम्बन्धित पार्टी

विराटनगर :  विराटनगरमा अखिल  क्रान्तिकारीका जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य विवेक कुमार यादव माथि आक्रमण भएको छ । 

उनले आफुमाथि राजनीतिक प्रतिशोध कारण अखिल  क्रान्तिकारीको केन्द्रिय सदस्य र कोशी अञ्चल अस्पतालको व्यवस्थापन समिती सदस्य दीपेन्द्र मेहताले आक्रमण गरेको दाबी गरेका छन् । उनले मेहतालाई राजनितीक यात्रामा नसघाएको भन्दै टाउकोमा बोतल प्रहार गरेको बताए । 

पिडित यादवका अनुसार आफू संग राजनीतिमा सहकार्य गर्ने भनेर होटल जेनियल अगाडि भेटघाटमा बोलाएर तिन जना मिली सिसाको बोतल प्रयोग गरेर आक्रमण गरेको बताए । 

यता यो विषयमा मेहताले आफुले खासै कुरा खुलाउन चाहेनन् ।  उनले हातपातको कारण राजनितीक विवाद नभई अरु केहि भएको दाबी गरेका छन् । 

राजनीतिमा आफ्नै सहकर्मी साथीले यस्तो कार्य गर्नु प्रति घोर बिरोध जनाउदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको यादवले जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार