काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको सुन्दरहरैचा नगरपालिका जाने भएपछि मोरङको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्न देउवा जाने भएपछि जिल्ला भरकै सुरक्षा व्यवस्था कडा बनाइएको हो । मोरङबाट उनी पाँचथर र खोटाङ पुग्नेछन्।
देउवाले सुन्दरहरैचामा कृषि बजारको भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्ने कार्यसूची छ । प्रदेश १ का डिआइजी अरुणकुमार बिसीका अनुसार प्रधानमन्त्री आउने कार्यक्रमका लाागि सुरक्षा व्यवस्था कडा बनाइएको हो।
मोरङको लेटाङ नगरपालिका ५ मा प्रहरी र स्थानीय बीच तनाव हुँदा आइतबार एक महिला प्रहरीको हत्या भएको थियो। सोही घटनाका कारण थप हिंसा भड्किन नदिन स्थानीय प्रशासनले आज बिहानैदेखि लेटाङमा कर्फ्यु आदेश जारी गरेको छ।