काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन्।
सोमबार कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको नेता पौडेलले उल्लेख गरेका छन् ।
उनले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए। जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो।