निर्वाचन समयमै हुन्छ, सार्ने मनसाय छैन : प्रधानमन्त्री देउवा

15.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएकोले समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा  उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र आयोगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयोग गर्ने बताएका हुुन् । 

प्रधानमन्त्री देउवा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्नका लागि आए पनि शिलान्यास नगरी गएकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरे । नेपाल सरकारले उपलब्ध गराएको ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ करोड लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेको छ ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिए ।

लेटाङ नगरपालिकामा प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने उनको भनाई थियो । 

यसैबीच, प्रधानमन्त्री देउवाले सुन्दरहरैँचामा ३५ शय्याको नगर अस्पताल उद्घाटन गरेका छन् ।  सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ करोडको लागतमा निर्माण गरेको नगर अस्पताल प्रधानमन्त्री देउवाले उद्घाटन गरेको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार