अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ : ओली 

12.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा प्रकट भएका लक्षणहरु स्वस्थ नभएको टिप्पणी गरेका छन् । 

सोमबार पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान स्वस्थकर नभएको बताएका हुन् । 

उनले आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति समेत जनाए । उनले भने, ‘यो लक्षण उही भरतपुर र सिराहा प्रकरण जस्तो हुने देखिएको छ, यस्तो नहोस भन्ने म आग्रह गर्न चाहान्छु ।’

उनले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरेपनि त्यसको कुनै औचित्य पुष्टि नहुने दावी गरेका छन्। 

उनले अझैपनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको दावी समेत गरे ।  ‘अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’ ओलीले भने ।

ताजा अपडेट
सम्बन्धित समाचार