नेकपा एमालेको पोलिटव्युरो बैठक शुरु,यस्ता छन् ऐजेण्डा

9.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी


काठमाडौँ ।  नेकपा एमालेको पोलिटव्युरो बैठक शुरु भएको छ । बैठक माइतीघर हाइटमा रहेको कार्की ब्याङ्क्वेटमा भइरहेको छ ।

बैठकमा समसामयिक राजनीतिका विश्लेषण, स्थानीय निर्वाचनको निम्ति पार्टी उम्मेदवार छनौटको मापदण्ड र पार्टीको घोषणापत्रलगायतका विषयमा छलफल गर्न लागिएको ऐमाले स्रोतले जनाएको छ ।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेलको उपस्थिति छ ।

त्यसैगरी सचिव पद्यमा अर्याल, उपमहासचिव प्रदीप ज्ञवाली, डा। शिवमाया तुम्बाहाम्फे, विशाल भट्टराई, घनश्याम भुसाललगायतका सदस्य पनि बैठकमा सहभागी रहेका छन् ।  

अर्का उपाध्यक्ष विष्णु पौडेल भने आज बिहान चीन भ्रमणको लागि त्यसतर्फ प्रस्थान गरेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार