कम्युनिष्ट पार्टीहरुबीच एकता गर्न घनश्याम भूसालको प्रस्ताव

15.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भूसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको प्रस्ताव राखेका छन् । 

सोमबार सुरु भएको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् ।

एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा वामन्थी जित सुनिश्चित गर्न पार्टी एकता आवश्यक रहेको भूसालले प्रस्ताव गरेका छन् ।

कम्युनिष्ट पार्टीका बहुसंख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भूसालले तर्क गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार