बिहानै प्रचण्डको सवारी वीर अस्पताल, यस्तो रहेछ कारण

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जनयुद्धका घाइते भेट्न वीर अस्पताल पुगेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत पूर्व जनमुक्ति सेना भक्त राना मगर र गोरखा फुजेलका बिरामी (सहिद परिवार) तिलराम देवकोटालाई भेट्न मंगलबार बिहानै प्रचण्ड अस्पताल पुगेका हुन्।

अध्यक्ष प्रचण्डले उनीहरुको स्वास्थ्यअवस्थाबारे चिकित्सकहरुसँग परामर्श गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

काभ्रे महाभारत गाउँपालिका ६ का राना मगर मकवानपुरको झुरझुरेमा घाइते भएका थिए। शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारीमा काम गर्दै आएका उनको टाउकोमा लागेको चोट बल्झिएपछि खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुवै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

भेटमा प्रचण्डले मगरको ७ वर्षको बच्चाको पढाई र श्रीमतीका लागि रोजगारीको लागि पहल गर्ने प्रचण्डले आश्वासन दिएको स्वकीय सचिव मल्लले बताए। 

ताजा अपडेट
सम्बन्धित समाचार