काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को अब बन्ने सरकारको नेतृत्व आफैले दाबी गर्ने धारणा सार्वजनिक गरेका छन् ।
संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको जसपाका दलको बैठकले अब अन्य दललाई सहयोग गर्ने भन्दा पनि विकल्पको रुपमा आफुलाई प्रस्तुत गर्ने बताएका छन् ।
जनता समाजवादी पार्टीले सत्ता समीकरण निर्माण अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने वा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने ठहर गरेको छ । सत्ता समीकरणका विषयमा नेताहरुले फरक फरक धारणा राखेका थिए ।
बैठकमा बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरुले ओलीको राजीनामा पछि मात्र सत्ता समीकरण निर्माणमा अघि बढनुपर्ने धारणा राखेका थिए भने राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरुले भने आफुहरुले उठाउँदै आएका माग संवोधन गराउने विषयलाई मुख्य प्राथामिकतामा राखेर समीकरण निर्माणमा लाग्नु पर्ने बताए ।