किन जुटे फेरि सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा ?

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा सामेल प्रमुख राजनीतिक दलका नेताहरु जुटेका छन् । 

बिहान ८ बजेदेखि झण्डै १० बजेसम्म प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कुराकानी भएको छ ।

आजको भेटवार्तामा मूलतः आगामी शुक्रबारदेखि हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण र विभिन्न मुलुक तथा राष्ट्रसंघीय मिशनमा रिक्त रहेको राजदूत पूर्तिबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार