बार केन्द्रीय सदस्यतर्फ खुल्लामा कान्तिराम ढुंगानाको उम्मेदवारी, को हुुन् त कान्तिराम ?

12.1k Shares

काठमाडौं  । युवा कानुन व्यवसायी कान्तिराम ढुंगानाले स्वतन्त्रबाट नेपाल बार एशोसिएशन केन्द्रीय सदस्यतर्फ खुल्लामा उम्मेदवारी दर्ता गराएका छन् ।
 
वाणिज्यशास्त्र र अन्तराष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका ढुंगानाले बार एशोसिएशनको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यतर्फ कुनैपनि समूह र प्यानलमा आवद्ध नभई उम्मेदवारी दर्ता गराएका हुन् । 

बारको निर्वाचन यहि चैत्र १९ गते मतदान गर्ने कार्यतालिका रहेको छ । ढुंगाना अहिले काठमाडौंमा कानुन व्यवसायमा सक्रिय रहेका छन् । उनले यसअघि ललितपुर बारको सदस्य रहेर काम गरिसकेका छन् । 

 ढुंगानाले भने , ‘भ्रष्टाचारमुक्त, सक्षम र जनउत्तरदायी न्यायपालिका पेशागत हक हीतका लागि प्रतिबद्ध बार न्यायपालिकाको शुद्धिकरण अभियानलाई थप सक्रिय बनाउन मलाई अमूल्य मतको आवश्यकता छ । मैले यहि मूल्य मान्यतामा रही मत मागिरहेको छु ।’ 

Capture 1.PNG

ताजा अपडेट
सम्बन्धित समाचार