एमालेमा गएकालाई फर्किन माओवादी केन्द्रको निर्देशन

21.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडाैं । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नेताहरुलाई फिर्ता बोलाएको छ । 

पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आफ्ना नेताहरुलाई पार्टी फर्किन निर्देशन दिएको हो ।

ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रमा रहेका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्रीका रुपमा रहेका छन् । यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् ।

यस्तै, एमालेको केन्द्रिय समितिमा सिफारिस भएका २३ जना नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन समेत निर्देशन दिएको छ ।

यद्यपी गृहमन्त्री समेत रहेका रामबहादुर थापा 'बादल'ले एमाले बाग्मती प्रदेशको इन्चार्जको कार्यभार सम्हालेका छन् । भने, उर्जामन्त्री टोपबहादुर रायमाझीले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारबारे अध्ययन गरिरहेको प्रतिक्रिया दिएका छन् । 

जसपासँग सत्ता सहकार्यबारे छलफल

जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग माओवादी केन्द्रले सत्ता सहकार्यको प्रस्तावसँगै चुनावी गठबन्धनको समेत प्रस्ताव गरेको छ । 

पेरिसडाँडामा माओवादी केन्द्र र जसपा नेपालका शिर्ष नेताहरुसँग भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव राखेको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र समेत ओली नेतृत्वको सरकारमा सहभागीता नजनाउने विषयमा प्रष्ट पारेका छन् ।

प्रतिगमनकारी सरकारको नेतृत्व ओलीले गरेको भन्दै उनीसँग सत्तामा जाने विषयमा सोच्नै नसकिने जनाएका हुन् । 

ताजा अपडेट
सम्बन्धित समाचार