काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छिन् । राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानन्धरलाई पार्टी प्रवेश गराएका हुन् ।
मानन्धरले पार्टी प्रवेश गर्दै उनले पहिलो कुरा एमाले अध्यक्ष केपी शर्मा ओली भएकै कारणले आफू पार्टीमा प्रवेश गरेको बताइन् । ओलीमा देखिएको इनर्जी देखेर आफू प्रभावित भएको बताइन् ।
उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् । उनले भनिन्, ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु । ’
आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनुनपर्ने करिश्माले बताइन् ।