कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन : ओली

10.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनु नपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरुले पछुताउनुनपर्ने बताएका हुन् ।

ओलीले भने  ‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन । ’ 

उनले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे । ‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ यस देशका लागि । हामीले बहुमत ल्याउनुपर्छ साथीहरु बहुमत ल्याउनेगरी लाग्नुस्’ ओलीले भने ।

ताजा अपडेट
सम्बन्धित समाचार