ललितपुरको सुनाकोठी–चापागाउँ सडक अनिश्चितकालका लागि बन्द,कारण रहेछ यस्तो

9.3k Shares

काठमाडौं । ललितपुरको सुनाकोठीका स्थानीयवासीले सुनाकोठी–चापागाउँ सडक अनिश्चितकालका लागि बन्द गरेका छन् । 

ठेकेदारले समयमा काम नगर्दा धुलोले हैरान बनाएको भन्दै स्थानीयवासीले सडक नै बन्द गरेर विरोध गरेका छन् ।  समयमै सडक बनाउन दबाब दिँदै उनीहरूले आज मङ्गलवार बिहान एक घण्टा धिमे बाजा बजाएर विेरोध जनाएका ललितपुर महानगरपालिका २७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिएका छन् । 

डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले लामो समयसम्म नबनाएको सुनाकोठीका बासिन्दाको गुनासो छ । एक वर्ष अगाडि यो सडक कालोपत्र ९पिच० भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि यो सडक खण्डमा स्थानीयवासीले निरन्तर आन्दोलन गर्दै आएका छन् । 

स्थानीयवासीको निरन्तरको विरोधपछि गएको मङ्सिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाको बैठक बसेर मङ्सिर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाध्यक्ष महर्जनको भनाई छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार