काठमाडौँ । कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सरकारमा हुँदा गरेका राम्रा कामबारे मतदातालाई सुनाउन जरुरी रहेको बताएका छन् ।
घरदैलो अभियानअन्तर्गत आज संखमुलमा भएको कार्यक्रममा बोल्दै उनले चुनाव वैशाख ३० मै हुने भएकोले तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन्।
सिंहले चुनाव सर्छ कि भन्ने भ्रम नपाल्न सबैलाई अनुुरोध समेत गरेका थिए। साथै उनले मुलुकमा संकट परेका बेला नेतृत्व गर्ने पार्टी कांग्रेसमात्रै भएको बताएका थिए।
उनले भने, ‘अब जनताले देश र जनताको हित कुन पार्टीले गर्छ भन्ने छुट्याउने बेला आएको छ।’
उनले पार्टीले गरेका महत्वपूर्ण कामबारे जनतालाई जानकारी दिनुपर्ने बताएका छन्। ‘हामीले काम गरेका छौं, थाहा पाइहाल्छन् नि भनेर हुन्न, मतदातालाई राम्रोसँग बुझाउनुपर्छ’ उनले भने ।