काठमाडौँ । ललितपुरको सातदोबाटो – चापागाउँ सडकखण्ड स्थानीयले आज पनि बन्द गराएका छन् ।
स्थानीयको अवरोधका सो सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । हिजो पनि स्थानीयले आवागमन बन्द गराएका थिए । स्थानीयलाई साथ दिन कलाकार मदनकृष्ण श्रेष्ठ समेत त्यहाँ पुगेका थिए ।
ठेकदारले सडक मर्मत कार्य शुरु गरे पनि पूर्णरुपले मर्मत नसकिएसम्म गाडी चल्न नदिने स्थानीयले बताएका छन् । उनीहरुले चिबहाल र सुनाकोठीमा बाँसका भाटा तेर्स्याएर सडक बन्द गराएका छन् ।
ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ ।