काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व इमान्दार हुने हो भने राजनीति शुद्ध हुने बताएका छन्।
उनले नेतृत्व इमान्दार हुँदा राजनीतिप्रति नै विश्वसनियता बढ्ने पनि बताएका छन्।
उनले भने, ‘अहिले देशले वैकल्पिक शक्ति खोजिरहेको छ। त्यसका लागि सक्षम र इमान्दर नेतृत्व चाहिन्छ ।’
राप्रपामा पूर्वडिन केशवराज अधिकारी, पूर्वकर्मचारी बलराम पौडेल, ठाकुर पण्डित, रवीन्द्रकेशरी पौडेल, आशिष पौडेल लगायतलाई प्रवेश गराउँदै उनले राजनीति गर्ने व्यक्ति इमान्दार हुनुपर्ने बताएका छन्।