अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु : प्रवक्ता महत

10.3k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस लोकतान्त्रिम मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको उल्लेख गरेका छन्  । 

उनले भने, “कांग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्र्दै पार्टीमा नवप्रवेशीलाई नयाँ – पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ । ”

पार्टी सत्तामा हुँदा र नहुँदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने कांग्रेस मात्रै रहेको उनको भनाई छ ।  यस्तै प्रवक्ता डा. महतले अब पार्टीमा एकता जरुरी रहेको उल्लेख गरेका छन् । आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताएका छन् । 

कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु”, महतले भने । 

कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँ नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे । 

सो अवसरमा धुलिखेल नगरस्थित नेकपा एमाले लगायत दलका दर्जन जिल्लास्तरीय नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टीका केन्द्रीय सदस्य गणेश लामा, जिल्ला अध्यक्ष तिर्थ लामालगायतको उपस्थिति रहेको थियो । 

ताजा अपडेट
सम्बन्धित समाचार