स्थानीय तहमा बहुमत ल्याउने लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई ओलीको निर्देशन

17.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउने लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । 

उनले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन दिएका हुन् । आगामी निर्वाचनहरू महत्वपूर्ण भएको र त्यसमा पनि स्थानीय तहको निर्वाचन झनै महत्वको रहेको ओलीको भनाइ थियो ।
 
उनले स्थानीय तहको निर्वाचनलाई विजयी गराउने योजना तर्जुमा गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको बताए ।

स्थानीय तह विकासका लागि महत्वपूर्ण रहेको ओलीको भनाइ थियो ।  एमाले मुलुकको ठूलो पार्टी भएको र भ्रम फैलाउनका लागि कम्युनिस्ट पार्टीहरूमा मात्रै ठूलो भनिने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार