निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई फाइदा नपुग्ने कांग्रेसका नेता प्रदीप पौडेलको भनाई

10.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई फाइदा नपुग्ने बताएका छन् । 

काठमाडौंको पद्मकन्या क्याम्पसमा राजनीतिशास्त्री समाजले गरेको ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई फाइदा नपुग्ने बताएका हुुन् । 

उनले गणित मिलाएर चुनाव जित्नका लागि मात्रै हुने गठबन्धनले देश र जनतालाई कुनै पनि फाइदा नपुग्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।  चुनावमा एजेन्डाका आधारमा गठबन्धनको संस्कार बसाल्नुपर्ने उनको भनाई छ । 

उनले भने चुनावमुखी गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ । त्यस्तो गठबन्धनले देशलाई कुनै उपलब्धि दिदैन, आज सिंगो नेपालको साझा आवश्यकता र समस्या के हो ? त्यसको पहिचान गरेर त्यस्ता एजेन्डामा गठबन्धन गर्ने कि नगर्ने ?’

उनले जनता र जनजिविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक रहेको बताएका छन् ।

नेता पौडेलले २०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गरेको भएपनि चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण गराए ।

 

 

 

 

ताजा अपडेट
सम्बन्धित समाचार