आमजनतामा एमालेप्रति ठूलो आकर्षण बढ्दै छ : महेश बस्नेत

18.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले एमालेप्रति आमजनतामा निक्कै ठूलो आकर्षण रहेको बताएका छन्।

केन्द्रीय कमिटी बैठकमा सहभागी बस्नेतले एमालेमा आकर्षण बढ्दै गएकाले पार्टी प्रवेशको  लहर नै चलेको दाबी गरेका छन् ।

बस्नेतले भने, ‘एमालेप्रति आमजनताको निक्कै ठूलो आकर्षण छ। एमाले प्रवेशको लहर आइरहेको छ, हामी वामगठबन्धन गरेर जाने होइन कि वाम र लोकतान्त्रिक शक्तिलाई प्रवेश गराउने मोडालिटीमा जानु पर्छ। त्यो भावका साथ केन्द्रीय कमिटीमा छलफल भइरहेको छ।’

ताजा अपडेट
सम्बन्धित समाचार