कांग्रेस–माओवादी–एकीकृत समाजवादीले गठबन्धन गरे पनि एमालेलाई नै फाइदा हुने योगेश भट्टराईको दाबी

10.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तारूढ दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बने एमालेलाई नै फाइदा पुग्ने बताएका छन् ।

उनले चुनावी गठबन्धन सिद्धान्त, नीति, कार्यक्रम, विचार र कार्यदिशाका आधारमा हुन बताउँदै कार्यदिशा, नीति, सिद्धान्त नमिल्‍नेहरूका बीचमा गठबन्धन भए चुनाव कस्तो होला भन्दै प्रश्न समेत गरेका छन् ।

एमालेमा प्रवेश भएका कतिपयको उम्मेदवार बन्ने सुनिश्चिता भएको उनको बताए । उनले कतिपय समझदारी गरे पार्टी प्रवेश गराइको हुने बताउँदै त्यस्ता व्यक्तिलाई टिकटको सुनिश्चिता हुने बताएका छन् ।

उनले अन्य पार्टीबाट आएकालाई उनीहरूको क्षमता र योग्यताको मूल्यांकन गरेर पार्टीले उचित जिम्मेवारी दिने बताए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार