काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गठबन्धन जनताबाट तिरस्कृत लोभीपापीको गठजोड भएको आरोप लगाएका छन् ।
“गठबन्धन पार्टीमा निराशामात्र छ । गठबन्धन भनेको जनताबाट तिरस्कृत लोभीपापीको झुन्ड हो । यो चमेराको गठजोड हो । स्वार्थीहरुको झुन्ड हो । सर्वोच्च अदालतसँग परमादेश फर्माइस गरेर सरकारमा आएको छ । यसले व्यवस्थापिकाको औचित्य समाप्त गर्यो, न्यायालयको शाख सखाप पार्यो । गठबन्धनले हार स्वीकार गरिसक्यो । अबको चुनाव जनादेश र परमादेशबीचको लडाइँ हो,” नेता रायमाझीले भने ।
पार्टी फुटेको नभई चोइटिएको उनको भनाई छ । ऐमाले प्रति आकर्षण बढ्दै गएकाले लाखौंको सभामा हजारौं र हजारौंको सभामा सयौंको पार्टी प्रवेश भइरहेको उजको भनाई छ । दिनहुँ २ लाख मानिस एमालेमा प्रवेश गरेको उनको दाबी छ ।
गठबन्धन सरकारका कारण मुलुक टाट पल्टिन लागेको आरोप पनि उनले लगाए । उनले भने, “अहिले देशको अर्थतन्त्र ध्वस्त भएको छ । अर्को बजेट आउने बेला भैसक्यो, २० प्रतिशत पनि खर्च भएको छैन । महँगीले आकाश छोएको छ । यसलाई कसरी सरकार टिकाउने भन्ने मात्र ध्याउन्न छ, राष्टका लागि भिजन छैन । त्यसैले एमाले दुई तिहाइ हाराहारीमा चुनाव जित्ने तयारीका साथ चुनावमा होमिएको छ ।”