आउँदो तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुुन्छ : प्रचण्ड

12.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।  ।

स्थानीय तह चुनावको मिति घोषणा भएपछि पहिलो पटक गृह जिल्ला चितवन पुगेका प्रचण्डले तीन तहकै चुनावमा गठबन्धन हुने दाबी गरेका हुुन् ।  ‘गठबन्धन त भइरहेकै छ नि गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय चुनावसम्म पनि रहन्छ’ उनले भने ।

नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । त्यही सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले भने ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन्।’

माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने भन्दै रेनु दाहाललाई मेयरमा दोहोर्याउने तयारी गरेको छ । भरतपुर महानगरपालिकामा यसअघि पनि कांग्रेससँग तालमेल गरेर रेनु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् । 

ताजा अपडेट
सम्बन्धित समाचार