काठमाडौँ । नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताएकी छन् ।
कांग्रेसकै केही नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् ।
प्रेस युनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । होमवर्क पनि त्यही रुपले भइरहेको छ । हामी गठबन्धनसहित इलेक्सनमा जाने हो ।’
नेकपा (एमाले) विभाज भएका बेला कांग्रेस एक्लै चुनावमा जान किन नसकेको भन्ने प्रश्नमा राणाले परिस्थिति त्यति सजिलो नभएको बताइन् ।
राणाले प्रतिनिधि सभाको निर्वाचनमा आफू पुनः कैलाली क्षेत्रनम्बर ५ बाटै उम्मेदवारी दिने बताउँदै अन्य ठाउँबाट नलड्ने बताएकी छन् । ।