निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकारले तयारी गरिरहेको प्रधानमन्त्री देउवाको भनाई

12.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नका लागि सरकारले तयारी गरिरहेको बताएका छन्।

बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै देउवाले सो बताएका हुन्। उनले भने, ‘देश अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ। निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो। यसलाई निर्धारित समयमै सम्पन्न गर्ने गरी सरकारले निर्वाचन तयारी कार्यहरु अघि बढाइरहेको छ । ’ 

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ –आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको बताए।

 

ताजा अपडेट
सम्बन्धित समाचार