अबको देशको  मूल पार्टी भनेको नै जसपा हुने डा. बाबुराम भट्टराईको दाबी

19.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धारमा विभाजन हुने दाबी गरेका छन्। 

कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएकाले अबको देशको  मूल पार्टी भनेको जसपा नै हुने उनको दाबी छ। 

उनले सामाजीक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है। कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ। कम्युनिष्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ। अर्को तत्काल सानो तर, भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो जसपा त्यसको भ्रूण हो।’

उनले कम्युनिष्ट पार्टी टुक्रा भए पनि एउटै धार भएकाले अझै केही समय रहने विश्लेषण गरेका छन्। 

Capture 22.PNG

ताजा अपडेट
सम्बन्धित समाचार