प्रधानमन्त्री देउवा किन अर्को साता भारत जादै छन् ?

13.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन्।

यसअघि देउवाको भारत भ्रमण रद्द गरिएको थियो। भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भने पनि कोरोनाका कारण उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो।

प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म जानकारी भने दिएको छैन।

प्रधानमन्त्री देउवाको भ्रमणअघि नवनियुक्त राजदूत शंकर शर्मा दिल्ली पुग्नेछन्। हालै राजदूत नियुक्त भएका शर्माले शुक्रबार राष्ट्रपतिबाट सपथ लिँदै छन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार