एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस निर्देशन , तीन जनामा एक महिला अनिवार्य

10.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि चैत मसान्तसम्म उम्मेदवार सिफारिश गरिसक्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कमिटी बैठकले चैत मसान्तसम्म सबै स्थानीय तहका लागि एक महिलासहित कम्तीमा ३ सम्भावित उम्मेदवारको नाम सिफारिश गरिसक्न मातहतका कमिटीलाई निर्देशन दिएको हो ।

तल्लो कमिटीबाट आएको सिफारिशमा माथिल्लो कमिटीले थपघट गर्नसक्ने निर्णय पनि बिहीवारको बैठकबाट भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । 

एमालेले यसअघि नै तय गरिसकेको कार्यविधिअनुसार वडाध्यक्षको हकमा वडा कमिटीको प्रस्ताव, पालिका कमिटीको सिफारिशमा जिल्ला कमिटीले निर्णय लिनेछ । 

गाउँपालिका अध्यक्ष र नगर प्रमुखको हकमा पालिका कमिटीको प्रस्ताव र जिल्ला कमिटीको सिफारिशका आधारमा प्रदेश कमिटीले निर्णय लिनेछ ।

महानगरको हकमा चाहिँ महानगर कमिटी, जिल्ला र प्रदेशको सिफारिशमा केन्द्रले निर्णय लिनेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार