काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक माओवादी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
सर्वाेच्च अदालतले नेकपालाई अवैधानिक घोषणा गरी माओवादी र एमाले नै कायम गरिएको थियो । सो पश्चात माओवादीको नियमति बैठक बसिरहेको छ । हिजो शनिबार पनि स्थायी समिति बैठक बसेको थियो ।
आजको केन्द्रीय समिति बैठकले नयाँ सत्ता समीकरण, पार्टीका भावी कार्यनीति रणनीतिका बारेमा पनि आजको बैठकमा छलफल गर्ने तयारी माओवादीले गरेको छ ।
गृहमन्त्री राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायतका नेताहरु माओवादीमा नफर्किएर ओलीकै पक्षमा लागिरहेका छन् । ओलीसंग रहेर एमालेमै लाग्ने निर्णय गरेका नेताहरुका बारेमा निर्णय गर्ने तयारी रहेको स्रोतले बताएका छन् ।