काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरु संग छुट्टै बैठक बसेका छन् ।
पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएकाा छन् । बैठकमा केन्द्रीय सदस्य शशांक कोइराला, दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरु सहभागी छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । सो बैठकमा चुनावमा उम्मेदवारहरुलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदै छ ।
तिनै विषयमा आफ्नो धारणा बनाउन पौडेलले आफू निकटका नेताहरुको बैठक बसालेको स्रोतको भनाई छ ।