मधेश प्रदेशको प्रदेश सभाको बैठक आज बस्दै

10.4k Shares

काठमाडौं । मधेश प्रदेशको प्रदेश सभाको बैठक आज बस्ने भएको छ।

प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जीतकुमार यादवका अनुसार अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत आज छलफल हुने कार्यसूची रहेको छ।

यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेश सभाको बैठक विशेष कारण जनाउँदै पटक–पटक स्थगन भएको थियो।

ताजा अपडेट
सम्बन्धित समाचार