कांग्रेस संग गठबन्धन नभए बाँकी चार दलको गठबन्धन हुन्छ : जगन्नाथ खतिवडा

15.9k Shares
सम्बन्धित पार्टी


काठमाडौँ ।  सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले स्थानीय तह निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक रहेकामा जोड दिएका छन् ।
 
शुक्रबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने, “प्रतिगमनकारीलाई कमजोर बनाउन गठबन्धन आजको आवश्यकता हो । लोकतन्त्र जोगाउन र संसद्लाई स्थायित्व गर्न गठबन्धन चाहिन्छ, कांग्रेसमा अन्योल छ । तर, प्रधानमन्त्री गठबन्धन गर्न तयार हुनुहुन्छ । कुनै कारण कांग्रेस गठबन्धनमा भएन भने बाँकी चार दलको गठबन्धन हुन्छ ।”

चुनावी गठबन्धन नबने पनि सत्ता गठबन्धन भने नटुट्ने उनको भनाइ छ ।

ताजा अपडेट
सम्बन्धित समाचार