काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएको बताएका छन् ।
उनले नेकपा एमाले पछिल्लो समय दक्षिणपन्थी भएको र आफ्नो पार्टी क्रान्तिकारी रहेको बताएका हुन् । नेपालले एमाले अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि दाबी गरेका छन् ।
तर, आफ्नो पार्टी भ्रष्टाचारमा जानै नसकिने बताएका छन् । उनले नेकपा एमाले व्यक्तिवादी पार्टी भएको तर आफूहरु राष्ट्रप्रेमी र जनताप्रेमी बनेको बताएका छन् ।
आफूले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी नयाँ पार्टी मात्र नभएको पनि नेपालको भनाई छ । उनले पार्टीमा पुराना नेताहरु भएका र अनुभव हासिल भएकाले पनि यसलाई नयाँ पार्टी मात्र भन्न नमिल्ने बताएका छन् ।