काठमाडौं । नेपाली कांग्रेसका सभातपति शेरबहादुर देउवाले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा एकलौटी गरेको भन्दै विद्यार्थी नेताहरू विरोधमा उत्रिएका छन् ।
शुक्रबार पार्टी मुख्य कार्यालय सानेपा अगाडि विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुले सभापति देउवाले पार्टीमा तानाशाह लादेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
