शेखर समूहको नेविसंघ र तरूण दलको समानान्तर भेला चैत १४ मा आह्वान

9.7k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाल विद्यार्थी संघ र तरूण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले आगामी सोमबार अलग भेलाको आह्वान गरेका छन् । 

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरूण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

सभापतिले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण र आपत्ती रहेको भन्दै उनीहरूले त्यसको प्रतिवाद गर्नका काठमाडौंको अनुपम फुडल्याण्डमा सोमबार १ बजे भेला राखेको बताएका छन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा नेविसंघ र तरूण दलका अध्यक्ष तोकेको भन्दै असन्तुष्ट समूहले शुक्रबार पार्टी कार्यालयमा धर्नासमेत दिएका छन्।

केन्द्रीय समिति बैठक बस्नुअघि सानेपास्थित पार्टी कार्यालयमा असन्तुष्ट समूहले  धर्ना दिएका हुन्। केन्द्रीय समिति बैठकमा देउवा आउने भएपछि असन्तुष्ट विद्यार्थी नेता धर्नामा बसेका थिए। 

ताजा अपडेट
सम्बन्धित समाचार