पूर्वराजा ज्ञानेन्द्र, एमाले र माओवादी नेताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्काभेट,के भयो त कुुराकानी ?

14.1k Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसंग नेकपा (एमाले) र माओवादी केन्द्रका नेता र  शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्काभेट भएको छ।

विमानस्थलको आन्तरिक टर्मिनलबाट तीनै जना तीनतिर जान लागेका बेला भिआइपी कक्षमा भेट भएको हो। पूर्वराजा शाह भद्रपुर जान लागेका थिए। एमालेका सचिव छविलाल विश्वकर्मा भैरहवा र माओवादी केन्द्रका नेता गणेश साह चितवनको भरतपुर जाँदै थिए। 

विमानस्थलमा जम्काभेट भएपछि केहीबेर पूर्वराजा शाहसँग नेपालको विकास र समसामयिक विषयमा कुराकानी भएको माओवादी केन्द्रका नेता साहले जानकारी दिएका छन्।

सामान्य कुराकानी पछि एमाले सचिव विश्वकर्माले फोटो लिन गरेको आग्रह पूर्वराजाले सहज रुपमा स्वीकारेका थिए। 

ताजा अपडेट
सम्बन्धित समाचार