चिनियाँ परराष्ट्रमन्त्री यीले आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै

8.4k Shares

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन्। 

राष्ट्रपति निवासमा विहान १० बजे चिनियाँ परराष्ट्रमन्त्री यीले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारीसँग भेटे लगत्तै आज नै चिनियाँ परराष्ट्रमन्त्री यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ।

११ चैतमा नेपाल भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री यीले १२ चैतमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका परराष्ट्रमन्त्री र उनका चिनियाँ समकक्षीबीच भेटवार्ता भएको थियो। उक्त भेटमा विभिन्न ९ विषयमा सम्झौता भएका छन्। सम्झौतामा नेपाल–चीनबीच सन् २०१७ मा भएको बीआरआई सम्झौताका विषयमा भने केही प्रगति भएको छैन।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार