काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कामको कुरामा नेपाली कांग्रेससँग अरु दलहरुको तुलना हुनै नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसको एक महिने चुनावी अभियान अन्तरगत आज काठमाडौंको नयाँबानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले नेपाली कांग्रेस जनताको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको दाबी गर्दै उनले देश संकटमा परेको बेला निकास दिने र विकासको काम गर्ने कुरामा कांग्रेस सधैं अगाडि रहेको दाबी समेत गरे ।
कांग्रेस नेतृत्वको सरकारले नै नयाँ संविधान जारी गरेको, संसद विघटनको कारण संविधान र लोकतन्त्र माथि प्रहार भएको बेला परिस्थितिलाई सम्हालेर कांग्रेसले नै निकास दिएको उनले बताए ।