किन चीनले नेपाललाई ११ अर्ब ४० करोड सहयोग गर्दै छ ?

14k Shares

काठमाडौं ।  नेपाल सरकारलाई चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयका अनुसार उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने  छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो।

यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता सकेत व्यक्त गरेका छन् ।

शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुुन्। साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन्। 

 

ताजा अपडेट
सम्बन्धित समाचार