प्रचण्ड पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव

12.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको आज पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव राखेका हुन् ।

गत २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपा एमाले र माओवादी केन्द्र ब्यूताई दिएपछि माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको छ ।

केन्द्रीय कार्यालय श्रोतका अनुसार प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेकपा माओवादीबाट हटाएर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्न प्रस्ताव गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार