एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता,वाङ आजै स्वदेश फर्कने

11k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ। 

ओली र वाङबीच काठमाडौंको मेरियट होटेलमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको थियो। 

भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदूत डा अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी थिए। 

तीनदिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने तालिका छ।

ताजा अपडेट
सम्बन्धित समाचार