जसपा नेपालले राखेको मागमा कुनै ‘कम्प्रमाइज’ नगर्न सुझाव 

15.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसदहरुले विना सहमति सरकारमा नजान र राखेको मागमा कुनै ‘कम्प्रमाइज’ नगर्न आज बसेको बैठकमा पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।

आयोजना गर्दै जसपा नेपालले रेशम चौधरीको रिहाइ, संविधान संशोधन, आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता, घाइतेलाई भरणपोषणजस्ता माग पूरा भएपछि मात्र सरकारको विषयमा कुरा गर्ने, नभए अहिले सरकारको बारेमा कुनै कुरा नगर्न बैठकले सुझाव दिएको प्रतिनिधिसभा सदस्य प्रमोद साहले बताए ।

कुनै दल विशेषलाई सहयोग पु-याउनका लागि कसैले पार्टी फुटाउन प्रयास गरे त्यसको प्रतिकार गर्ने, त्यसको विरोध गर्ने र पार्टीलाई फुटबाट जोगाउने सहमति भएको उनको भनाइ छ । उनले भने, ‘पार्टी फुटाएर भए पनि सरकार बनाउने चर्चा चलिरहेको छ, यदि पार्टी फुटाउने कदम कुनै नेताले चालेमा त्यसको प्रतिकार गर्ने र कडा विरोध गर्नेछौं ।

 

बैठकमा प्रतिनिधिसभा सदस्य समेत रहेका जसपा नेपालका कार्यकारिणी समितिका सदस्य रामसहाय यादव र अमृता अग्रहरि पनि सहभागी थिए । उनीहरु मार्फत चैत ५ गते बस्ने कार्यकारिणी समितिको बैठकमा यो निष्कर्षलाई विधिवत रुपमा पेस गरिने उनले बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार