गठबन्धनलाई मुलुकको सुशासनका लागि प्रयोग गर्नुपर्ने मन्त्री झाँक्रीको भनाई

11.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं। सहरी विकासमन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले गठबन्धनको मोर्चालाई मुलुकको सुशासनका निम्ति प्रयोग गर्नुपर्ने बताएकी छिन् ।

आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘अहिले गठबन्धनको मोर्चा छ । र, यो मोर्चालाई मुलुकको सुशासनका लागि, राजनीतिक प्रणालीको स्थायित्वका लागि र लोकतन्त्रको प्रवर्द्धनको लागि यसलाई प्रयोग गर्नुपर्छ ।’

गठबन्धन कतातर्फ जाने भन्ने कुरा गठबन्धनकै सहयात्री दलहरुको निर्णयमा भर पर्ने झाँक्रीको भनाइ छ ।

ताजा अपडेट
सम्बन्धित समाचार