काठमाडौं । आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज औपचारिक निर्णय गर्दै छ ।
तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक चुनावमा तालमेल गर्ने निर्णय गर्दै आज सकिने छ । चुनावी तालमेल लगायतका विषयमा आजको बैठकबाट निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले बढीभन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए । आजको केन्द्रीय समिति बैठकले तालमेलको मोडालिटीसमेत तयार पार्ने छ ।
बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ